General Technology

Gen z को अनलाइन बिस्फोट: सुसिला कार्की वा बालेन प्रधानमन्त्री?

Gen-Z नेपाल अनलाइन मिटिङ: ७८०० सहभागी, सुसिला कार्की वा बालेनलाई प्रधानमन्त्री बनाउन प्रस्ताव काठमाडौं । सिंहदरबारमा सडकस्तरको आन्दोलन रोकिए पनि, आज बुधबार Gen-

View fullscreen Gen z को अनलाइन बिस्फोट: सुसिला कार्की वा बालेन प्रधानमन्त्री?
Mahesh Kumar Gupta Founder, Nepal Cyber Tech
Gen-Z नेपाल अनलाइन मिटिङ: ७८०० सहभागी, सुसिला कार्की वा बालेनलाई प्रधानमन्त्री बनाउन प्रस्ताव काठमाडौं । सिंहदरबारमा सडकस्तरको आन्दोलन रोकिए पनि, आज बुधबार Gen-Z पुस्ताले अनलाइनमार्फत दुई घण्टा लामो छलफल गरेका छन्। उक्त भर्चुअल मिटिङमा करिब ७८०० जना सहभागी भएको आयोजकहरूले बताएका छन्। मिटिङमा हालसम्म उठाइएका प्रमुख प्रस्तावहरू: संसद विघटन गरी सुसिला कार्की वा बालेन शाहलाई प्रधानमन्त्री नियुक्त गर्ने। नरसंहार मच्चाउन आदेश दिने तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीदेखि संलग्न सबैलाई तुरुन्तै पक्राउ गरी कानुनी कारबाही गर्ने। जेन-जि पुस्ता समेत सहभागी हुने गरी ६ महिनाभित्र संघीय संसदको निर्वाचन घोषणा गर्ने। २०४६ सालयता सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्ने। सबै भ्रष्टाचार काण्डको स्वतन्त्र र न्यायिक छानबिन गर्ने। दुई महिनाभित्र नयाँ संविधान जारी गर्ने जसमा: हिन्दू राष्ट्र घोषणा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख सांसदलाई मन्त्री बन्न रोक लगाउने प्रदेश संरचना खारेज गरी संघ र स्थानीय मात्र राख्ने प्रधानमन्त्री दुई कार्यकाल भन्दा बढी नबन्ने व्यवस्था संवैधानिक परिषद् लगायतमा दलगत भागबण्डा अन्त्य गरी मेरिटका आधारमा नियुक्ति राष्ट्रिय सभा र स्थानीय तहलाई गैरदलीय बनाउने पत्रकार, चिकित्सक, शिक्षक, विद्यार्थी, कर्मचारीहरूको दलीय संगठनमा निषेध गर्ने Gen-Z पुस्ताको यो छलफललाई आगामी दिनमा हुने आन्दोलनका एजेन्डा तय गर्ने महत्वपूर्ण अभ्यासको रूपमा हेरिएको छ।
Share article

Comments

2
You can post with your real name or choose anonymous. Comments appear publicly.
Hello Sep 22, 2025

test

Hello Sep 22, 2025

test

Subscribe to our newsletter and get weekly updates on the latest tools and resources.

No spam. Unsubscribe at any time.