नेपालको नयाँ अन्तरिम सरकार: मन्त्रीहरूको नाम र जिम्मेवारी
गृहमन्त्री – ओमप्रकाश अर्याल
गृहमन्त्रीका रूपमा ओमप्रकाश अर्यालले निर्वाचनलाई निष्पक्ष बनाउन, प्रहरी प्रशासन सुदृढ गर्न र हालैका आन्दोलनका घटनाहरूको अनुसन्धानलाई अघि बढाउने जिम्मेवारी पाएका छन्।
अर्थमन्त्री – डा. रामेश्वर खनाल
पूर्व सचिव डा. रामेश्वर खनालले आर्थिक सुधार, बजेट व्यवस्थापन, तथा वित्तीय पारदर्शितामा जोड दिने योजना सार्वजनिक गरेका छन्।
उर्जा मन्त्री – कुलमान घिसिङ
जलविद्युत् र विद्युत् आपूर्ति क्षेत्रमा आफ्नो अनुभवका कारण घिसिङलाई उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको हो। उनले ऊर्जा संकट समाधान र वैकल्पिक स्रोत विकासमा काम गर्नेछन्।
सञ्चारमन्त्री – जगदीश खरेल
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नियुक्त खरेलले डिजिटल पहुँच, सूचना प्रवाह सुधार, र सञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकता दिने घोषणा गरेका छन्।
शिक्षामन्त्री – महावीर पुन
नवप्रवर्तन र अनुसन्धानमा योगदान दिँदै आएका पुनले शिक्षा मन्त्रालय सम्हाल्ने भएका छन्। उनले अनुसन्धान, प्रविधि, र गुणस्तरीय शिक्षा सुधारलाई मुख्य एजेन्डा बनाउने बताएका छन्।
कृषिमन्त्री – मदन परियार
परियारले समावेशी कृषि नीति, आधुनिक प्रविधिको प्रयोग, र जलवायु अनुकूल कृषी अभ्यासमा जोड दिने योजना बनाएका छन्।
स्वास्थ्य मन्त्री – डा. संगीता मिश्रा
स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित मिश्रा स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी हुन्। उनले गुणस्तरीय उपचार सेवा र स्वास्थ्य पूर्वाधारमा सुधारलाई मुख्य प्राथमिकता दिने अपेक्षा छ।
उद्योगमन्त्री – अनिलकुमार सिन्हा
उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा सुधार ल्याउन सिन्हालाई मन्त्री बनाइएको छ। उनले औद्योगिक क्षेत्र विस्तार, व्यापार र आपूर्ति श्रृंखलामा पारदर्शिता ल्याउने घोषणा गरेका छन्।